Erani Mahal
मस्याम एकीकृत क्याम्पसको १३ औं क्याम्पस सभा
135120735_392934168660574_8161286307226772276_n
पाल्पा - तिनाउ गाउँपालिकाभित्रको एकमात्र क्याम्पस मस्याम एकीकृत क्याम्पसको १३ औँ क्याम्पस सभा सम्पन्न भएको छ । तिनाउ –६ डुम्रेमा रहेको उक्त क्याम्पसको वार्षिक सभामा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि घर्ती मगरले उक्त क्याम्पसको लागि गाउँपालिकाबाट सहयोग गर्दै आएको र आगामी वर्षहरुमा पनि सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तरमा ध्यान दिन क्याम्पसलाई आग्रह गर्नुभयो । २०६४ सालमा स्थापना भएको उक्त क्याम्पसमा शिक्षा संकायको डिप्लोसम्म अध्यापन हुँदै आएको क्याम्पस प्रमुख घन बहादुर कार्कीले बताउनुभयो । कार्यक्रममा प्राध्यापकहरु गोपाल श्रेष्ठ र पृथ्वीनाथ ज्ञवाली, समाजसेवीहरु दम बहादुर कार्की, गोपाल जिसी, पूर्ण बहादुर कार्की, टेकराज ढकाल, वडाध्यक्ष टोम बहादुर पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । टिकाराम भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा लेखा समिति संयोजक रमेश घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्याम्पस व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक तारा भण्डारीले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update