Erani Mahal
लुम्बिनी प्रदेश : नेकपामा पदाधिकारी काे कता ?
nekapa-1
पाल्पा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ । प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पुर्‍याएको छ । लुम्बिनीका तीन जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । रोल्पा, दाङ र बाँकेमा ओली समूह पदाधिकारीविहीन बनेको हो । लुम्बिनीका १२ जिल्लाका २४ पदाधिकारीमा ओलीतर्फका पाँच अध्यक्ष र तीन सचिव छन् । बाँकी सबै प्रचण्ड र माधव समूहका हुन् । हेर्नुहाेस नेकपा लुम्बिनीमा कस्काे पल्ला कता छ । क्र.स. क्र.स. नाम पद समूह १ रोल्पा सुरेन्द्र घर्ती अध्यक्ष प्रचण्ड-माधव हरिबहादुर घर्ती सचिव प्रचण्ड-माधव २ रूकुम पूर्व मेघबहादुर श्रेष्ठ अध्यक्ष प्रचण्ड-माधव सतमान पुन सचिव ओली ३ नवलपरासी भविश्वर तिवारी अध्यक्ष प्रचण्ड-माधव तुल्सी पासी सचिव ओली ४ दाङ टीकाराम खड्का अध्यक्ष प्रचण्ड-माधव सुबास पुन सचिव प्रचण्ड-माधव ५ बाँके आइपी खरेल अध्यक्ष प्रचण्ड-माधव अशोक कोइराला सचिव प्रचण्ड-माधव ६ बर्दिया भवनकुमार थारु अध्यक्ष प्रचण्ड-माधव लालबहादुर श्रेष्ठ सचिव ओली ७ रूपन्देही शिवराज सुवेदी अध्यक्ष ओली निर्मल जिसी सचिव प्रचण्ड-माधव ८ कपिलवस्तु झविलाल पोखरेल अध्यक्ष ओली रामचन्द्र शाह ठकुरी सचिव प्रचण्ड-माधव ९ अर्घाखाँची चेतनारायण आचार्य अध्यक्ष ओली ठाकुर विक सचिव प्रचण्ड-माधव १० गुल्मी मधुकृष्ण पन्त अध्यक्ष ओली बीरबहादुर कार्की सचिव प्रचण्ड-माधव ११ पाल्पा नारायण आचार्य अध्यक्ष ओली राजेन्द्र विक सचिव प्रचण्ड-माधव १२ प्युठान तुलसीराम शर्मा अध्यक्ष वामदेव कृष्ण अधिकारी प्रकाश सचिव प्रचण्ड-माधव
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update