Erani Mahal
तानसेनमा युवा स्वराेजगारमुलक कार्यक्रम संचालन
Main-news-photo-3-750x375
पाल्पा- तानसेनमा विदेशबाट फर्केका, रोजगार गुमाएका युवाहरुको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्यले युवा राेजगारमुलक कार्यक्रम संचालन गरेको छ । तानसेन नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा ग्रामीण आर्थिक विकास संघ (रेडा)को समन्वयमा युवा उद्यमशिलता विकास परियोजना संचालन भइरहेको नगरपालिकाले जनाएकाे छ । तानसेनमा संचारकर्मीलाई जानकारी गराउँदै अघिल्लाे वर्षादेखि ढाका, करुवा, फूलखेती, तरकारी, दुधजन्य सामाग्रीका, बाँसका सामाग्री बनाउने तालिमलगायतका स्वरोजगार हुनका लागि उद्यमशील तालिम समेत संचालन गरेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयाे । नगरप्रमुख शाहीले तानसेन नगरपालिकाले व्यवसाय गर्न इच्छुक युवालाई सहयोग गर्न विभिन्न कार्यक्रम संचालन गरेको बताउनुभयाे । उनले युवाको सीप विकास र प्रविधिमा स्थानीय सरकारले सहयोग गर्ने समेत बताउनुभयाे तालिम लिएका युवालाई नगरपालिकाले विना धितो नेपाल बैंक लिमिटेडसंगको सहकार्यमा ऋण समेत परिचालन गरेको छ । यसबाट सय बढी युवाले फाइदा लिइसकेका छन् । यति मात्र होइन, ती युवाले २ करोड ५० लाख बढी ऋण लिएर व्यवसायलाई अघि बढाएको नगर प्रमुख शाहीले बताउनुभयाे । कार्यक्रम सार्वजनिकीकरण गर्दै ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले युवालाई बेरोजगार बस्न नपरोस् भनेर नै तानसेन नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)ले लगानी गरेको जानकारी दिनुभयाे । अघिल्लो आर्थिक वर्षमा एक करोड बढी थियो । चालु आर्थिक वर्षमा २ करोड बढी रकम युवाका लागि लगानी हुने उहाँले बताउनुभयाे । नगरपालिका र युएनडिपिले कार्यक्रममा आधा आधा लगानी रहेको छ । रेडाले सामाजिक परिचालन गर्दै आएको छ । तानसेन नगरपालिकाका १४ वटै वडामा कार्यक्रम संचालन भएको छ । परियोजना अन्तरगत हुने गतिविधि र बजेटबारे जानकारी गराउँदै कार्कीले भन्नुभयाे, युवा लक्षित कार्यक्रमबाट स्वरोजगार र व्यवसायिक हुनेछन् ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update