Erani Mahal
किन ‘फुलबुट्टे सारी’ गीतले १ करोड भ्यूज पार गर्यो
rajanraj-siwakoti
काठमान्डाै‌- गीत सार्वजनिक भएको १८ दिनमा संगीतकार राजनराज सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको गीतले १ करोड भ्यूज पार गर्यो । यसअघि यति छोटो समयमै १ करोड भ्यूज गायक प्रकाश सपुतको ‘गलबन्दी’ले पाएको थियो । यसको अर्थ, राजनराज र प्रकाशको गीतले एउटै गतीमा करोड भ्यूज पाउन सफल भए । नेपाली गीत–संगीत पछिल्लो केही बर्षयता युट्युबको भ्यूज ट्रेन्डिङको दौडमा छ । गीतको सफलता र असफलताको मापन नैै युट्युवलाई आधार मानेर गर्न थालिएको छ । कुनै समय एक लाख भ्यूज जाने गीतलाई पनि चलेको भनेर मान्नुपर्ने अवस्था थियो । तर, अहिले एक करोड भ्यूज सामान्य हुन थालिसकेको छ । गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीका दर्जन बढी गीतले एक करोड भ्यूज पाएका छन् । तर, योसँगै उनीसँग केही रेकर्ड पनि छन्, जसलाई उछिन्न अरु संगीतकारले राम्रै मिहिनेत गर्नुपर्ने हुन्छ । युट्युवमा सबैभन्दा पहिले एक करोड भ्यूज पाउने चलचित्रको गीत हो, ‘सुर्के थैली खै’ । पाँच वर्ष पहिले सार्वजनिक ‘सुर्के थैली खै’ बोलको गीतलाई राजनराजले तयार पारेका थिए । गीतमा राजनराजकै स्वर, शब्द तथा संगीत छ । चलचित्र ‘वडा नं. ६’को यो गीतले हालसम्म ४ करोड १२ लाख बढी भ्यूज पाइसकेको छ । युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड पनि राजनराजकै नाममा छ । चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ बोलको गीत युट्युवमा सर्वाधिक हेरिएको गीतमा पर्छ । राजनराजको शब्द तथा संगीत तथा राजनराज, मेलिना राई र राजन ईसानको स्वर रहेको गीतलाई हालसम्म १४ करोड १० लाख बढीपटक हेरिएको छ । राजनराजका युट्युवमा एक दर्जन बढी गीतले करोड भ्यूज पार गरेका छन् । यसअर्थमा राजनराज युट्युबमा करोड बढी भ्यूज पाउने गीतका धनी सर्जक हुन् । तर उनी युट्युब भ्यूजलाई आधार मानेर कहिल्यै सिर्जनाहरु नगर्ने बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update