Erani Mahal
कोरोना विरुद्धको खोपपछि औषधी ल्याउने रुसको तयारी
corona_vaccine
एजेन्सी- रुसको संघीय मेडिकल तथा बायोलोजिकल एजेन्सी (एफएमबिए) ले कोभिड १९ विरुद्धको लडाँईमा प्रयोग हुने औषधी विकास भएको घोषणा गरेको छ । अध्ययनअनुसार यो औषधी ९९ प्रतिशत प्रभावकारी रहेको एफएमबिएकी प्रमुख भोरोनिका सेकभोर्तसोभाको दाबी छ । सेकभोर्तसोभाका अनुसार औषधीको प्रिक्लिनिकल अध्ययन पूरा भइसकेको छ र यसक्रममा यो औषधी ‘पूर्णत सुरक्षित र ‘अति प्रभावकारी’ देखिएको छ । यद्यपी, यसको क्लिनिकल परीक्षण हुन बाँकी नै छ । ‘यदी क्लिनिकल परीक्षणले यो औषधीको प्रभावकारीता पुष्टि ग¥यो भने यो विश्वको पहिलो सुरक्षित र प्रभावकारी एन्टीभाइरल औषधी हुनेछ जसको तुलना विश्वका अन्य कुनै औषधीसँग हुँदैन,’ सेकभोर्तसोभाले भनेकी छिन्, ‘यो पहिलो इटियोट्रपिक औषधी हो जसले सिधा भाइरसलाई प्रभावित गर्नेछ । खासमा यो कोरोना भाइरस संक्रमणविरुद्धका लागि एन्टीडोट हो,’सेकभोर्तसोभाले रुसी प्रधानमन्त्री मिखाइल मिस्हुस्टिनलाई ब्रिफ्रिङ गरेकी छिन् । इटियोट्रपिकको अर्थ रोगको कारणविरुद्ध उपचार लक्षित हुनु हो । थप परीक्षणको अनुमतिका लागि आवेदन दिन एफएमबिए तयार रहेको सेकभोर्तसोभाले रुसी प्रधानमन्त्रीलाई बताएकी छिन् । रुसले गत अगस्टमा अन्तिम चरणको क्लिनिकल परीक्षण सुरु हुन अगावै ‘स्पुतिक पाँचौ’ नामक कोरोनाविरुद्धको खोपलाई स्विकृति दिएको थियो । अहिले यस भ्याक्सिनले अन्य देशमा पनि स्विकृति पाइसकेको छ । बेलारुसमा मंगलबारबाट यो भ्याक्सिन प्रयोगमा आएको छ । यस भ्याक्सिनको प्रभावकारीता ९० प्रतिशतभन्दा धेरै रहेको भ्याक्सिन निर्माता गामालिया इन्स्टिच्युटको दाबी छ । स्रोत : टिआर डटकम
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update