Erani Mahal
आज बिहिबार तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल
rasifal
काठमाडौं- विसं. २०७७ साल पौष १६ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ३१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–प्रतिपदा, ०५ घडी ५६ पला, बिहान ०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पुनर्वशु, ३३ घडी १० पला, बेलुकी ०८ बजेर १२ मिनेट उप्रान्त तिष्य । योग– ऐन्द्र, २२ घडी ०२ पला, दिउँसो ०३ बजेर ४५ मिनेट उप्रान्त वैधृती । करण–कौलव, बिहान ०९ बजेर १९ मिनेट उप्रान्त तैतिल, बेलुकी ०९ बजेर ३३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन, दिउँसो ०२ बजेर ०२ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५४ पला । कोका कौशिका संगममा मेला । राष्ट्रिय मेलमिलाप दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी नभएपनि घाटा लाग्ने छैन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला गन्तव्य पहिल्याउन मुश्किल पर्नेछ । मायाप्रेममा नजिक हुँदा अविश्वास बढ्ने हुनाले आजको दिन टाढै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाइसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर न्यायीक कामहरु नगर्नुहोला समय तपाईंको पक्षमा रहेको छैन । खेलकुद तथा साहसिलो क्षेत्रमा पनि तपाईंको पक्षमा नतिजा नआउन सक्छ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साथीभाइहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । साँझपख दाजुभाइसँग मनमुटाव हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरनले अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको वैदेशिक यात्रा तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । साँझपख लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानसिकक तनाव बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ । आफ्नो भन्दा पनि अरुकै कामको लागि दिनभर व्यस्त रहँदा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसायमा लगानी गर्न केही समय पर्खनु उचित हुनेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपाईंको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । साँझपख व्यापारमा घाटा लाग्न सक्छ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हावी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तmता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । साँझपख समय राम्रो रहेकोले बैंक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, हतार गरी प्रयोग गर्नाले अप्रिय घटना नघट्ला भन्न सकिन्न । जीवन साथीसँगको असमझदारीले दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता हुनेछ, ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैयाँ पैसाको व्यवस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्छ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णयहरु तपाईंको पक्षमा हुने छैनन् भने वादविवाद तथा प्रतिस्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ, ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । मामा तथा मावली पक्षसँग विवाद बढ्ने योग रहेको छ । साँझपख समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन लाभ हुनेछ भने सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विगतका गल्ती तथा कमी कमजोरीहरुलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरुवर्गहरुको इज्जत राख्न सकिने समय रहेको छ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति हात लागी हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउँदै आम्दानीमा वृद्धि गर्न सकिनेछ । साँझपख समय मध्ययम रहेकोले आफन्त तथा मावली पक्षसँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । छाती सम्बन्धि सामान्य समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । साँझपखको समय उत्तम रहेकोले आम्दानी बढ्नेछ भने अध्ययनमा सुधार भएर जानेछ । तपाईंको दिन शुभ रहोस् ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update