Erani Mahal
निस्दी मित्यालमा मोटरसाइकल दुर्घटना २ जना घाइते
bike_accident
धनबहादुर ठाडा पाल्पा- निस्दी गाउँपालिका-४, मित्यालमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन । पाल्पाको रामपुरबाट नवलपुरको अरुणखोला तर्फ जाँदै गरेको लु ६३ प ५७५७ नम्बरको मोटरसाइकल मित्यालको चिउरीबास भन्ने ठाउँमा मंगलबार दिउँसो साढे २ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी चालक मध्यबिन्दु - ७, नवलपुरका ४३ वर्षीय युवाराज भट्टराई र मध्यबिन्दु - ७ , नवलपुरका ४५ वर्षीय कृष्ण भट्टराई घाइते भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो । मोटरसाइकल सडकबाट करिब २ सय मिटर तल खसेको र घाइतेहरुको प्रहरी र स्थानीयहरु मिलेर उद्दर गरेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र थप उपचारको लागि नवलपुरमा पठाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update