Erani Mahal
प्रचण्ड-माधव पक्ष नेकपाकाे तानसेनमा भेला
133913500_249225433236584_1684852072888226355_n
पाल्पा - नेकपा प्रचण्ड माधव पक्षले तानसेनमा कार्यकर्ता अभिमुखीकरण कार्यक्रम गरेकाे छ । प्रतिनिधिसभा विघटनपछि दुइ पक्षमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले जिल्लामा पनि कार्यक्रम गरेका छन् । पाल्पामा पहिलाे पटक प्रचण्ड नेपाल पक्षकाे नेकपाले जिल्ला स्तरका कार्यकर्तालाइ वर्तमान राजनीतिक अवस्थाकाे बारेमा जानकारी दिएकाे हाे । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कार्य गरेकाे, जनताले नेकपालाइ दिएकाे मतकाे प्रम ओलीबाट अपमान गरेकाेबारे नेता कार्यकर्तालाइ जानकारी दिएकाे प्रचण्ड नेपाल पक्षका नेताले बताएका छन् । भेलामा जिल्ला कमिटिका अधिकांश सदस्य उपस्थित भएकाे दावी गरिएकाे छ । भेलामा बाेल्ने नेताहरूले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नेकपाकाे फुटलाइ मलजल गरेकाे, पार्टीकाे विधानलाइ कुल्चेर प्रम ओलीले मनपरी गरेकाे, जनताकाे मतलाइ कदर गर्न आग्रह गर्दा पनि अटेर गरेकाे आराेप लगाएका थिए । भेलामा नेकपाका केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधि सभाका सदस्य सांसद साेमप्रसाद पाण्डेय, नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, नेकपाकै केन्द्रीय सदस्य तथा प्रदेश सांसद तुलाराम घर्तीमगर वसन्त, पूर्व सांसद तथा नेकपाका नेता यादवबहादुर रायमाझी, नेकपाका नेता नेत्रप्रसाद पाण्डेय, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे लगायतले बाेल्नुभएकाे थियाे । भेलाले पुस १४ गते तानसेनमा प्रधानमन्त्रीकाे कदम बिरूद्धमा प्रदर्शन गर्ने निर्णय गरेकाे छ । उता नेकपा पाल्पाका जिल्ला अध्यक्ष एवं ओली पक्षका केन्द्रीय सदस्य नारायण आचार्यले भने गुटकाे भेला तथा बैठकमा उपस्थित नहुन निर्देशन दिएकाे थियाे । नेपाल प्रचण्ड पक्षकाे भेला राजेन्द्र विककाे अध्यक्षता र खिमानन्द पाण्डेय कमलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update