पाल्पा - जिल्ला प्रहरी कार्यालय पाल्पाले एक जना चाेर पक्राउ परेका छन् । तानसेनमा चोरी गर्ने व्यक्तिलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार तानसेन-१, का टेकबहादुर गाहाको घरबाट नगद चोरी गर्ने एक व्यक्त पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
गाहाको घरको दराजबाट नगद एकलाख पँचास हजार चोरी गर्ने तानसेन-४, का २८ वर्षीय सन्दिप बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्राउ गरेको हाे ।
चोरीमा संलग्न व्यक्ति तथा समूहरुको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । बुढाथोकीलाई साथमा रहेको नगद सहित पक्राउ गरी प्रहरीले थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७ १९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय