Erani Mahal
बगनासकाली र रम्भाका पहिराे पीडितलाई सहयाेग प्रदान
DSC08817
पाल्पा – पाल्पाको खानीगाउँ र फोक्सिङ्कोटका पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार )ले आर्थिक सहयोग गरेको छ । गएको भाद्र २५ गते पहिरोले गोठ भत्किदा ज्यान गुमाएका बगनासकाली गाउँपालिका ७, अलैचेका २२ बर्षिय सुमन कनौजेको परिवारलाई ५० हजार रुपियाँ प्रदान गरेको हो । शुक्रबार स्वर्गिय कनौजेको घरमा पुगेर पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्याङ्ग) का प्रतिनिधि इन्द्र थापा मगर र वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले सो सहयोग रकम मृतक सुमनका परिवारलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्थानीय समाजसेवी प्रेम बहादुर मिधुन, पत्रकार देब पचभैया, सुमन कार्की, सुरज बिक लगाएत स्थानीयको समेत सहभागीता थियो । सहयोग रकम हस्तान्तरण पछि वडा अध्यक्ष गुन बहादुर बुढाथोकीले सहयोग प्रदान गरेकोमा पाल्पा जिल्ला समाज यूकेलाई धन्यबाद दिदै आभार व्यक्त गर्नुभयो । यस्तै गत असोज ८ गते गएको पहिरोले घरबार बिहिन भएका रम्भा गाउँपालिका २ फोक्सिङ्कोटका १२ घर परिवारलाई समेत पाल्पा जिल्ला समाज यूकेले प्रति घर परिवार १२ हजार ६ सयका दरले एक लाख एकाउन्न हजार दुई शय रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो । समाजका प्रतिनिधि इन्द्र थापा र वडा अध्यक्ष उमान सिंग सारुले पहिरोले घर भत्किएर घरबार बिहिन भएका बिर बहादुर गाहा, दल बहादुर गाहा, प्रेम सिंग आले, मनसरी आले, हिम बहादुर आले, बनिसरा आले, डम्बर सिंग आले, थमन सिंग आले, लाल बहादुर आले, दल बहादुर आले , शेर बहादुर सारु र डिल बहादुर गाहालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले कोरोना संक्रमणको जोखिम र सरकारले गरेको लकडाउनका कारण समयमै पहिरो प्रभाबितलाई सहयोग गर्न असमर्थ भएको भन्दै आगामी दिनमा पनि समस्यामा परेका जिल्ला बासीका लागी बेलायतमा रहेका पाल्पालीहरुले निरन्तर सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष उमान सिंग सारु र वडा नम्बर ५ का वडा अध्यक्ष खुमकान्त बस्यालले सहयोग गर्ने सबैलाई धन्यबाद दिदै पाल्पाली भञ्याङ्ग, परिवारको थप प्रगतिको कामना गर्नुभयो । यस अघि पनि फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका ६ जनाको परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमका संचालक पत्रकार देब पचभैयाले केही दिन भित्रै रिब्दीकोट र तिनाउ गाउँपालिकाका पहिरो प्रभाबित केही घर परिवारलाई पाल्पाली भञ्याङ्ग, परिवारबाट प्राप्त सहयोग प्रदान गर्ने जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update