Erani Mahal
पाल्पामा काेराेना जाँच घट्याे : संक्रमित संख्या पनि घट्दैं
Corona_
पाल्पा - पाल्पामा शनिबारसम्म १ हजार ७५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार ६४३ जना निको भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म २९ जना संक्रमितको भने मृत्यु भएको छ । पछिल्लो समय कोरोना परीक्षण घट्दै गएको छ । पछिल्लो दुई दिन (शुक्रबार र शनिबार)मा ४६ जनाको मात्र परीक्षण गरिएको छ । परीक्षणमा कमी आएसंगै संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । शनिबारको विवरण अनुसार पाल्पामा सक्रिय संक्रमितको संख्या ८० मा झरेको छ । कुल संक्रमितमध्ये सबैभन्दा धेरै सदरमुकाम तानसेन नगरपालिकाका छन् । तानसेनमा हालसम्म ५७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५५१ जना निको भएका छन्, भने ८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या पनि तानसेनमा सबैभन्दा बढी छ । तानसेनमा १८ जना सक्रिय संक्रमित छन् ।त्यस्तै, रामपुर नगरपालिकामा २५४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २४७ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । रामपुरमा सक्रिय संक्रमितको संख्या ३ रहेको छ ।माथागढी गाउँपालिकामा हालसम्म ९० जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ८२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । माथागढीमा ६ जना सक्रिय संक्रमित छन् । पूर्वखोला गाउँपालिकामा २६२ जनामा संक्रमण देखिएकोमा २४४ जना निको भएका छन् । यहाँ ४ जना संक्रमितको मृत्यु भएको छ । पूर्वखोलामा सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रैनादेवी छहरा गाउँपालिकामा अहिलेसम्म ९८ जनामा संक्रमण पुष्टि भएको छ । यहाँ संक्रमितमध्ये ८५ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । हाल रैनादेवीमा सक्रिय संक्रमितको संख्या १२ रहेको छ । रम्भा गाउँपालिकामा ८८ जनामा संक्रमण पुष्टि भएकोमा ८७ जना निको भएका छन् । रम्भामा १ जना संक्रमितको मृत्यु भएको छ । रम्भामा हाल सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । बगनासकाली गाउँपालिकामा हालसम्म १२५ जनामा संक्रमण पुष्टि भएको छ । बगनासकालीमा संक्रमितमध्ये १०४ जना निको भएका छन् भने ६ जना संक्रमितको मृत्यु भएको छ । बगनासकालीमा १५ जना कोरोनाका सक्रिय संक्रमित छन् । तिनाउ गाउँपालिकामा हालसम्म ७२ जनामा कोरोना पुष्टि भएकोमा ६९ जना निको भएका छन् । तिनाउमा २ जना संक्रमितको मृत्यु भएको छ । हाल तिनाउमा सक्रिय संक्रमितको संख्या १ मात्र रहेको छ । रिब्दीकोट गाउँपालिकामा ६९ जनामा संक्रमण पुष्टि भएकोमा ६० जना निको भएका छन् । रिब्दीकोटमा १ जना संक्रमितको मृत्यु भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ८ रहेको छ । निस्दी गाउँपालिकामा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११४ जना निको भएका छन् भने हाल निस्दीमा सक्रिय संक्रमितको संख्या ३ रहेको छ । निस्दीमा कोरोनाका कारण संक्रमितको मृत्यु भएको छैन् ।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update