Erani Mahal
पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सयभन्दा तल झर्‍यो
Corona_
पाल्पा - पाल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । कोरोना परीक्षण घट्दा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएसंगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । हाल पाल्पामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ सयभन्दा तल झरेको छ । शनिबारमात्रै थप ४६ जना संक्रमित निको भएसंगै सक्रिय संक्रमितको संख्या ८० मा झरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । तिमध्ये सबैभन्दा धेरै सक्रिय संक्रमित तानसेन नगरपालिकाभित्र छन् । तानसेनमा १८ जना सक्रिय संक्रमित छन् । त्यस्तै, रामपुर नगरपालिकामा ३, बगनासकाली गाउँपालिकामा १५, पूर्वखोलामा १४, रैनादेवी छहरामा १२, रिब्दिकोटमा ८, माथागढीमा ६, निस्दीमा ३ र तिनाउमा १ जना सक्रिय संक्रमित छन् । रम्भामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म पाल्पामा १ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएकोमा १ हजार ६ सय ४३ जना निको भएका छन् । पाल्पामा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update