Erani Mahal
पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
Corona__
पाल्पा – पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार शुक्रबार र शनिबार ४६ जनाको परीक्षणमा ११ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा तानसेनका ७ जना रहेका छन् । त्यस्तै बगनासकाली गाउँपालिकाका ३ जना, माथागढी, पूर्वखोला, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका १÷१ जना रहेका छन् । योसंगै पाल्पामा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ हजार ७ सय ५२ पुगेको छ । पछिल्लो दुई दिनमा थप ४६ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै संक्रमणमुक्त हुनेको कुल संख्या १ हजार ६ सय ४३ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८० रहेको छ । हालसम्म पाल्पामा २९ जना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update