Erani Mahal
बुटवलको हिलपार्कमा ‘जिप लाइन’ सञ्चालनमा
jeep-line
बुटवल – बुटवलको पर्यटकीय स्थल हिलपार्कमा साहसिक खेल ‘जिप लाइन’ संचालनमा आएको छ । आन्तरिक र वाह्य पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कबाट चाँदबारी डाँडासम्म ‘जिप लाइन’ सञ्चालनमा ल्याइएको हो । स्थानीय लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी (पीपीपी मोडेलमा) वाइल्ड बन्डर्स नेपाल प्रा.लि.ले लुम्बिनी प्रदेशमै पहिलोपटक ‘जिप लाइन’ सञ्चालनमा ल्याएको हो । लामो समय फुटबल खेलमा बिताउनुभएका फुटबल संघ रुपन्देहीका पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठको पहलमा सामुदायिक वन क्षेत्रमा रहेको आकर्षक पर्यटकीय स्थल हिलपार्कमा ‘जिप लाइन’ सञ्चालनमा ल्याइएको लक्ष्मी आदर्श सामुदायिक वनका अध्यक्ष यमबहादुर थापाले बताउनुभयो । थापाका अनुसार सञ्चालनमा आएको जिप लाइन दुईतर्फी गरी १४ सय मिटर दुरी रहेको छ । जिप लाइनबाट पर्यटकले बुटवल शहरको दृश्यावलोकन गर्न सक्नेछन् । करिब सवा करोड लागतको गुरुयोजना अनुसार जिप लाइन परियोजनाको बाँकी काम भइरहेको सञ्चालक हरिप्रसाद श्रेष्ठले बताउनुभयो । दुवै डाँडामा रुखमा नै आकर्षक ढंगले मचाङ बनाइएको छ । परियोजना अन्तर्गत लक्ष्मीनगर र हिलपार्कमा चिल्ड्रेन पार्क, चमेना गृह निमार्णको समेत तयारी छ । [caption id="attachment_15775" align="alignnone" width="768"] तस्वीर स्रोत : ग्लोवल आवाज[/caption] वनलाई नबिगारी साहसिक खेल भित्र्याउने काम गरिएको वन उपभोक्ता समूहका अध्यक्ष थापाले बताउनुभयो । सस्तो मूल्यमा साहसिक खेलको अनुभव लिन सकिने उहाँले बताउनुभयो । उद्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयाँमा दुईतर्फी यात्रा गर्न सकिने थापाले बताउनुभयो । हाल वन उपभोक्ता मध्येकै सातजनाले रोजगारी पाएको र गुरुयोजना अनुसार पुर्वाधार पूरा हुँदा २० जना बढीले रोजगारी पाउनेछन् । यो खेलमा सहभागी पर्यटकहरुका लागि ७ लाख रुपैयाँ बराबरको दुर्घटना विमा गरिने प्रा.लिले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update