पाल्पा - बिहीबार पाल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बिहीबार तानसेन र रामपुर नगरपालिकाका १/१ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ७३८ पुगेको छ ।
यस्तै बिहीबार पाल्पामा थप २० जना संक्रमित निको भएका छन् । योसंगै कोरोना निको हुनेको संख्या १ हजार ५९७ पुगेको छ ।
पाल्पामा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ भने हाल १ सय १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७ १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय