Erani Mahal
पाल्पामा कोरोना संक्रमित हुनेमा महिलाभन्दा पुरुषको संख्या झण्डै तेब्बर
Corona__
पाल्पा – नेपालमा कोरोना संक्रमितमध्ये महिलाको भन्दा पुरुषको संख्या दोब्बर हुँदा पाल्पामा भने संक्रमित पुरुषको संख्या तेब्बर देखिएको छ । बुधबारसम्म पाल्पामा कुल १ हजार ७ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुषको संख्या १ हजार २ सय ६८ छ भने महिलाको संख्या ४ सय ६४ रहेको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । पाल्पामा कोरोनाका सक्रिय संक्रमितमध्ये १ हजार ५७७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित १ सय २६ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पामा हालसम्म २९ संक्रमितको मृत्यु भईसकेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update