Erani Mahal
शिक्षकमा कोरोना देखिएपछि पठनपाठन बन्द
kalika_mavi Mujhung
पाल्पा – जिल्लाको रैनादेवी छहरा गााउँपालिका –५ मुझुङस्थित कालिका माध्यमिक विद्यालयमा अहिले पठनपाठन बन्द छ । दुई शिक्षकमा कोरोना भाइरसको संक्रमण देखिएपछि केही दिनका लागि पठनपाठन बन्द गरिएको प्रध्यानाध्यापक जनार्दन पाण्डेले बताउनुभयो । आउँदो आईतबारदेखि विद्यालयमा पुनः पठनपाठन शुरु हुने प्रध्यानाध्यापक पाण्डेले जानकारी दिनुभयो । [caption id="attachment_15743" align="alignnone" width="768"] रैनादेवी छहरा गााउँपालिका –५ मुझुङस्थित कालिका माध्यमिक विद्यालय[/caption] कोरोना महामारीका कारण लामो समयपछि खुलेका जिल्लाका विद्यालयमा फेरि पठनपाठन प्रभावित हुन थालेको छ । समुदाय तथा शिक्षकमा नै कोरोना संक्रमण देखिन थालेपछि विद्यालयहरु फेरि बन्द हुन थालेका हुन् । जिल्लाको पूर्वखोला गाउँपालिकामा पनि केही विद्यालयहरु बन्द रहेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत डिल्लीराम ढुंगानाले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नंं २ स्थित शम्भु माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएको छ । सोही वडाको कमला प्राथमिक विद्यालय, कमला आधारभूत विद्यालय पनि बन्द गरिएको छ । संक्रमण देखिएको क्षेत्रमा विद्यालयको प्रत्येक्ष सम्पर्क भएको हुनाले विद्यालयहरु बन्द गरिएको हो । पुस २ गतेसम्मका लागि यी विद्यालयहरु बन्द रहेको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । ‘पालिकाको सूचना अनुसार २ गतेसम्मका लागि विद्यालय बन्द छन् । स्वास्थ्य शाखाले संक्रमितर्को क्लोज कन्ट्रयाक’मा रहेकाको स्वाब संकलन गरेको छ । त्यसको रिपोर्ट अनुसार आगामी ३ गतेदेखि विद्यालय खुल्ने/नखुल्ने निर्णय हुन्छ’ – गाउँपालिका शिक्षा शाखा अधिकृत ढुंगानाले ईरानीमहलसंग भन्नुभयो । पाल्पाका अन्य स्थानीय तहमा पनि विद्यालयहरु खुल्ने, बन्द हुने क्रम देखिएको छ । सरकारले स्थानीय सरकारलाई विद्यालय संचालनको जिम्मा दिएपछि पाल्पाका स्थानीय तहमा विद्यालय खुलेका थिए । जसअनुसार स्वास्थ्य मापदण्ड पालना गरि विद्यालयमा पठनपाठन शुरु गरिएको थियो । तर, समुदायका व्यक्ति, शिक्षकमा कोरोना संक्रमण देखिन थालेपछि विद्यालयमा पठनपाठन बन्द गर्नुपरेको हो । शिक्षकहरुमा नै कोरोना संक्रमण देखिन थालेपछि विद्यार्थी तथा अभिभावकहरु संक्रमणको जोखिममा परेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update