X
2830
Shares

प्रधानमन्त्री कप क्रिकेटका लागि पाल्पाबाट खेलाडी छनोट

रानीमहल संवाददाता || १ पुष २०७७,बुधबार १२:०४

पाल्पा – जिल्ला क्रिकेट संघ पाल्पाले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ ।

छनोट भएका खेलाडीहरुमा सुरेश गोदार (कप्तान), सागर थापा क्षेत्री, राजेन्द्र मान शाक्य, , मनिष न्यौपाने, शिव शर्मा, नरेश कुमार सार्की नेपाली, रुपेश बस्याल, श्रीधर बस्याल, केशव पराई, रुपेश बस्याल, नवीन तारा बस्याल, प्रकाश तिमिल्सिना, समीर मल्ल, नवीन भुसाल रहनुभएको क्रिकेट संघका जिल्ला अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, वैकल्पिक खेलाडीमा बेल मगर, सुदिप जिसी, आशिष लोहोनी, आशिष बराल, सरन रसाली रहनुभएको छ । टोली प्रशिक्षकमा ओम थापा र व्यवस्थापक दिपक घिमिरे रहनुभएको छ ।

मङ्सिर २५ र २६ गते तानसेन टुडिखेल खेल मैदानमा ‘क्याम्प’ आयोजना गरि खेलाडी छनोट गरिएको क्रिकेट संघले जनाएको छ । जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशस्तरीय छनोट प्रतियोगीतामा सहभागी हुने क्रिकेट संघले जनाएको छ । त्यहाँबाट छनोट भएपछि खेलाडी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा सहभागी हुनेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाका पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गरेको थियो । क्यानले मङ्सिर भित्र जिल्लाको टोली छनोट गर्न निर्देशन गरेको थियो । त्यसैअनुसार खेलाडी छनोट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५