Erani Mahal
लुम्बिनी मेडिकल कलेजमा उपचाररत ३६ वर्षीय कोरोना संक्रमितको मृत्यु
Death-from-corona
पाल्पा – लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मी जिल्ला रेसुंगा नगरपालिका –१ का ३६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पुरुषको मंगलबार बिहान ७ः५० बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि मंसिर २५ गते अस्पताल भर्ना हुनुभएका पुरुषमा मंसिर २६ गते कोरोना पुष्टि भएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update