Erani Mahal
पाल्पा तानसेनकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु
Death-from-corona
पाल्पा – पाल्पाका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका –१३ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि मंसिर २६ गते शुक्रबार मेडिकल कलेज भर्ना हुनुभएकी महिलामा २७ गते शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएको भोलिपल्टै आईतबार (हिजो) दिउँसो २ः४० बजे महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २९ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update