Erani Mahal
तानसेनमा नम्बर प्लेट मेटिएका सवारी छ्यापछ्याप्ती !
track_1
पाल्पा– स्पष्ट नबुझिने नम्बर प्लेट राखेर सवारी गुडाउनु कानूनविपरीत हो । तर पाल्पामा नम्बर प्लेट मेटिएका सवारी साधनहरु छ्यापछ्याप्ती देखिन थालेका छन् । सदरमुकाम तानसेनमा रोकेर राखिएका केही सवारी साधनको ईरानीमहलले तस्वीर खिचेको छ । जसमा कुनैमा नम्बर प्लेट मेटिएको छ भने कुनैको रंग उडेर अंक नबुझिने भएको छ । नम्बर प्लेट मेटिएका सवारीले दुर्घटना गराएर भागेमा त्यसको पहिचान गर्न समेत समस्या हुने गर्छ । त्यसैले सवारीको नम्बर प्लेट स्पष्ट बुझ्ने हुनुपर्छ । यसको चेकजाँच गर्ने निकाय ट्राफिक प्रहरी हो । तर, पछिल्लो समय यसतर्फ ट्राफिक प्रहरीको ध्यान जान सकेको छैन् । ट्राफिकले चेकजाँचका क्रममा नम्बर प्लेट मेटिएको देखे लेख्न लगाउने त गर्दछ । तर, सवारीधनीहरुले नम्बर प्लेट नलेखाउने गर्दा समस्या बढेको हो । सवारी चालकहरु (नागरिकहरु)आफै पनि यस्ता कुरामा समेत हुनुपर्ने होइन् र ?
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update