Erani Mahal
लाइभ रेकर्डिङमा नारायण रायमाझीको ‘राम्दी पुल तरने बित्तिकै...’
narayan_sharmila
पाल्पा - पाल्पाको झडेवामा जन्मिनुभएका नारायण रायमाझीका परिचय धेरै छन् । उहाँ राम्रो गायक हुनुहुन्छ, राम्रो संगीतकार अनि रचनाकार हुनुहुन्छ । अनि राम्रो चलचित्र निर्माता तथा निर्देशक । हरेक विधामा उहाँ सफल अनि सर्वप्रिय हुनुहुन्छ । हरेक नयाँ पुराना कलाकारहरुलाई रायमाझी उत्तिकै माया गर्नुहुन्छ । कोरोना महामारीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी २’ को सुटिङ्ग रोकिएसँगै रायमाझीले आफ्ना पुराना गीतहरुलाई लाईभ रेकर्डिङमार्फत दर्शक स्रोतामाझ पस्किनुभयो । केही दिन पहिले ‘परदेशी २’ को सुटिङ्गका लागि पाल्पा आएर काठमाडौं फर्किनुभएका रायमाझीले यतिबेला आफ्नो पुरानो निकै लोकप्रिय गीत ‘राम्दी पुल’को लाइभ रेकर्डिङ भिडियो सार्वजनिक गर्नुभएको छ । कल्याण शेरचनले लय दिनुभएको गीतमा यसपटक नारायण र पुरानी चर्चित गायिका शर्मिला गुरुङले स्वर दिनुभएको छ । गीतको रचना कल्याण शेरचन र स्वयं रायमाझीले गर्नुभएको हो । गीतको मिक्सिङ श्यामश्वेत रसाईलीले गर्नुभएको भने कलाकारहरु उदिराम खड्का, रत्न बिक, धर्म गन्धर्व, विवेक खड्का र बिरमा खड्काको भूमिका रहेको गीतको छायांकन मिराज अर्याल र बिन्दु खड्काले गर्नुभएको छ । भिडियोको सम्पादन पनि मिराज अर्यालले गर्नुभएको छ । भिडियो :
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update