Erani Mahal
रेडक्रस सोसाइटी पाल्पाको स्वर्ण महोत्सव
redcross,palpa
पाल्पा- पाल्पा दरबारको एउटा कोठाबाट २०२७ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाले स्वर्ण महोत्सव मनाएको छ । शाखाले शनिबार तानसेनमा एक कार्यक्रमकाबीच स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले अन्य जिल्लाको रेडक्रसको तुलनामा पाल्पामा राम्रो काम गरेको र आगामी दिनमा नगरपालिकाले रेडक्रससंग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा उहाँले स्वर्ण महोत्सवको अवसरमा प्रकाशित स्मारिका र लोगोको अनावरण समेत गर्नुभयो । कार्यक्रममा रेडक्रसका पूर्व सभापति पूर्णमाया महर्जन, नेपाल पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्मा, सल्लाहकार मेघराज शर्मा रेडक्रस मणिमुकुन्द उपशाखाका उपसभापति सकुन्तला बज्राचार्य लगायतले बोल्नुभएको थियो । शाखा सभापति बुद्धिप्रसाद शर्माको सभापतित्व, कोषाध्यक्ष भिमसेन कार्कीको स्वागत, उपसभापति कृष्ण अधिकारीको धन्यवाद र मन्त्री केशब पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । विश्व महामारी कोभिड १९ का कारण स्वर्ण महोत्सव सामान्य कार्यक्रमकाबीच मनाएको रेडक्रस पाल्पा शाखा प्रचार संयोजक राजेन्द्र लिगलले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update