Erani Mahal
पाल्पामा ४४ वर्षीय कोरोना संक्रमितको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु
CORONA-DEATH-2
पाल्पा – पाल्पामा उपचारका लागि अस्पताल ल्याउँदै गर्दा एकजना कोरोना संक्रमित पुरुषको बाटोमै मृत्यु भएको छ । तिनाउ गाउँपालिका –६ का ४४ वर्षीय पुरुषको उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याउने क्रममा शुक्रबार दिउँसो २ बजे बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पुरुष मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बस्दै आउनुभएको थियो । तर शुक्रबार एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याउँने क्रममा उहाँको बाटोमै मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुषमा दीर्घरोग भए/नभएको विषयमा खुलेको छैन् । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २७ पुगेको छ । बिहीबार मात्रै पूर्वखोला गाउँपालिकाका एक संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको थियो । यो पनि पढ्नुहोस् : पाल्पामा २८ नयाँ संक्रमित थपिँदा ९२ जना निको
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update