Erani Mahal
पाल्पामा २८ नयाँ संक्रमित थपिँदा ९२ जना निको
coronavirus-
पाल्पा - पाल्पामा २८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार बिहीबार र शुक्रबार बिहान ८ बजेसम्म सो संख्यामा संक्रमित थपिएका हुन् । पूर्वखोला गाउँपालिकामा सबैभन्दा धेरै १६ जना संक्रमित थपिएका छन् । त्यस्तै तानसेन नगरपालिका तथा अस्पतालमा ५ जना, रामपुर नगरपालिकामा १ जना, रैनादेवी छहरा गाउँपालिकामा ३ जना, माथागढी गाउँपालिकामा २ जना र रिब्दीकोट गाउँपालिकामा १ जना संक्रमित थपिएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १ हजार ७०१ पुगेको छ । त्यस्तै पाल्पामा थप ९२ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसंगै निको हुनेको संख्या १ हजार ५३० पुगेको छ । संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेसंगै शुक्रबार बिहानसम्म पाल्पामा सक्रिय संक्रमितको संख्या १ सय ४६ मा झरेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा हालसम्म २६ जना संक्रमितको निधन भएको छ । सम्बन्धित समाचार : पाल्पामा ‘होम आईसोलेसन’मा बसेका एकजना संक्रमितको मृत्यु पाल्पामा १४६ जना कोरोनाका सक्रिय केस : कहाँ कति तथ्य हेर्नुहोस्
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update