Erani Mahal
पाल्पामा ‘होम आईसोलेसन’मा बसेका एकजना संक्रमितको मृत्यु
CORONA-DEATH-2
पाल्पा - पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका –६ का ८७ वर्षीय संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पुरुषमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि पनि उहाँ आफ्नै घरमै बस्नुभएको थियो । पुरुषमा निमोनियाको समस्या रहेको थियो । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २६ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update