Erani Mahal
पाल्पामा १४६ जना कोरोनाका सक्रिय केस : कहाँ कति तथ्य हेर्नुहोस्
d
पाल्पा- जिल्लामा १ सय ४६ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार शुक्रवार विहान सम्ममा कुल जाँच गरिएको ११ हजार ७ सय १५ नमुना परीक्षणमा पोजिटिभ आएका १ हजार ७ सय १ मध्ये अब वाँकी १ सय ४६ जना कोरोनाका सक्रिय केश रहेको बताउनुभयो । पाल्पामा बुधवार र विहिवार गरी थप २८ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए । पछिल्लो समयमा पाल्पामा कन्ट्याक्ट टे्रसिङ कम भएकाले समेत कोरोना संक्रमितको दर न्यून हुँदै गएको पाइएको छ । पाल्पामा कुल संक्रमित मध्ये २५ जनाको निधन भएको छ भने, १ हजार ५ सय ३० जनाले कोरोनालाई जितेर निको भएका छन् । सक्रिय केस कहाँ कति तथ्य हेर्नुहोस्
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update