Erani Mahal
'सामुदायिक रेडियाे मदनपाेखरा संकटकाे साथी'
CRM (1)
पाल्पा – सामुदायिक रेडियो मदनपोखराले कोभिड १९ को महामारीका कारण आर्थिक सामाजिक संकटका बीचमा पनि श्रोताको हित र समुदायको रुपान्तरणका कार्यक्रमलाई प्राथमिकता दिने बताएको छ । सामुदायिक रेडियो मदनपोखराले आज प्रेस विज्ञप्ती जारी गरी समुदायको रुपान्तरण, विपदसँग जुध्ने उपाए, सामुदायिक हितलगायत रेडियोको लक्ष्य र उद्देश्यमा अविचलित क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेको हो । मानिसको दैनिक जीवनमा मात्र होइन, पेशा, व्यवसाय, उद्योग, रोजगारीसँगै समाज र राष्ट्रका कार्यक्रमहरु समेत खलबलिएका बेला रेडियोले सूचना, समाचार र शिक्षाप्रद कार्यक्रमलाई निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालद्वारा जारी प्रेस विज्ञप्तीमा कोरोना स्वास्थ्य सल्लाह, एसईई पाठशाला, हाम्रो पाठशाला, सुन्दै पढ्दै, गुरुकुल जस्ता शिक्षामूलक कार्यक्रम कोरोनापछिका उत्पादन हुन्, यी कार्यक्रमले समुदायलाई संकटको साथी रेडियो बनाएका छन् उल्लेख छ । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, तनहुँ र पर्वत जिल्लालाई आफ्नो प्रसारण र कार्यक्षेत्र मानेकोसामुदायिक रेडियोले कोरोनाबाट अकालमै ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गरेको छ भने संक्रमितहरुमा भाइरससँग जुध्ने प्रतिरोध शक्ति पैदा होस् भन्ने कामना समेत गरेको छ । ‘कोरोना रोकथामका लागि सरकारले जारी गरेका लकडाउन, निषेधाज्ञा र निर्देशनहरुले पनि सारेममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले धेरै दुःख खेप्न बाध्य भए । यस महामारीका कारण रेडियोको आम्दानीको स्रोत घट्यो, खर्च बढ्यो । यो जटिल र संवेदनशील अवस्थामा पनि हामीले सूचना, समाचार र शिक्षाप्रद कार्यक्रमलाई निरन्तरता दियौं, दिइरहनेछौँ ।’ रेडियोले कोभिड विरुद्ध जुध्न उत्प्रेरणा प्रदान गर्ने, सहयोग र सद्भाव दिने तानसेन नगरपालिकालगायत पाल्पाका सम्पूर्ण स्थानीय तहहरु, स्वास्थ्य कार्यालयलगायत अस्पतालहरु, रुम टु रिड पढ्नका लागि कोठा, ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपाल, दमकडा नमूना माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, इक्वल एक्सेस नेपाल, सामुदायिक रेडियो प्रसारक संघ, र सामुदायिक रेडियोहररुको विश्व संगठन अमार्क एशिया प्रशान्तलाई धन्यवाद दिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update