Erani Mahal
पाल्पामा थप एकजना कोरोना संक्रमितको ज्यान गयो
Death-from-corona
पाल्पा – पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत बगनासकाली –३ का ७० वर्षीय पुरुषको बुधबार बिहान ९ः४५ बजे मृत्यु भएको हो । पुरुष मंसिर २२ गते कोरोना पुष्टि भएपछि २३ गते अस्पताल भर्ना हुनुभएको थियो । अस्पताल भर्ना भएको भोलिपल्टै पुरुषको मृत्यु भएको हो । पुरुषमा पहिल्यैदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २५ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update