Erani Mahal
पाल्पामा ८ महिनापछि खुले विद्यालय : अनुहारमा मास्क र फेससिल्ड लगाएर पठनपाठन [तस्वीरहरु]
IMG_1517
पाल्पा – कोरोना भाइरस (कोभिड १९)का कारण ८ महिनादेखि बन्द रहेका पाल्पामा सामुदायिक तथा नीजि विद्यालयहरु खुलेका छन् । नेपाल सरकारले विद्यालय खोल्ने जिम्मा स्थानीय सरकारलाई दिएसंगै स्थानीय तहहरुले विद्यालय खुलाएका हुन् । पाल्पाका दशवटै पालिकाले नीजि तथा सामुदायिक विद्यालय संचालन गरी पठनपाठन सुरु गरेका छन् । ग्रामिण भेगमा तिहारलगत्तै विद्यालयमा विद्यार्थी भौतिक रुपमै उपस्थित भई पठनपाठन शुरु भएको छ । आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा पठनपाठन भएको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको छ, कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर पठनपाठन गरेका छौँ ।’ तानसेन नगरपालिकामा गत आईतबारदेखि विद्यार्थीको पठनपाठन भौतिक रुपमा सुरु भएको छ । तानसेनस्थित देववाणी संस्कृत तथा साधारण मा.वि.का प्रध्यानाध्यापक कृष्ण थापाले विगतमा अनलाइनमार्फत पठनपाठन गराएपनि आईतबारदेखि अनलाईन कक्षा स्थगित गरी भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेको बताउनुभयो । उहाँले अभिभावकसँग अनलाईन बैठक बसेर उहाँहरुको मञ्जुरीनामा विद्यालयमै पठनपाठन सुरु गरेको बताउनुभयो । विद्यालयमा २ सिफ्ट बनाएर पठनपाठन भएको छ । विद्यालयमा प्रवेश गर्दा तापक्रम नाप्ने, मास्क, स्यानिटाइजर, फेससिल्ड अनिवार्य गरिएको छ । एउटा बेञ्चमा दुईजना राखिएको छ । हरेक दिन कक्षाकोठा, डेस्कबेञ्च स्यानिटाइज गर्ने गरिएको छ । लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थीहरु पनि फुरुङ्ग देखिन्छन् । देववाणीमै कक्षा ८ अध्ययनरत विद्यार्थी अंशुवर्मा अर्याल लामो समयपछि विद्यालयमा उपस्थित भएर पढ्न पाउँदा खुःसी लाखेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘घरमा एक्लै बसेर पढ्नुभन्दा अहिले साथीहरुसंग रहेर पठनपाठन गर्न पाउँदा निकै खुुःसी लागेको छ ।’ विद्यार्थीहरुले कोरोना संक्रमणबाट जोगिन विद्यार्थीले स्यानिटाइजर, मास्क र फेससिल्ड प्रयोग गरेका छन् । केही तस्वीरहरु :
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update