Erani Mahal
उप-प्रमुख कोषबाट महिला स्वंयमसेविकालाई १ लाख
Rampur-Nagarpalika
पाल्पा – तलब बिना समुदायमा सचेतना छर्दै आएका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले उपप्रमुख कोषबाट १ लाख दिने घोषणा गर्नुभएको छ । सामान्यतया बैठकमा सहभागी हुँदा खाजा खर्च पाउँदै आएपनि उनीहरुको लगनशील र तत्परताका अगाडी राज्यबाट राम्रो सेवासुविधा नलिएरै गाउँघरमा खटिएका उनीहरुलाई यातायात खर्चमा सहज होस् भन्ने हेतुले १७ औं राष्ट्रिय महिला स्वास्थ्य स्वंयम्सेविका दिवसको दिन १ लाख दिने घोषणा गरेको उपप्रमुख आचार्यले बताउनुभयो । ‘घर–घरमा पुगेर नियमित औषधी र कतिको ज्यान जोगाउनुभएको छ’ उहाँले भन्नुभयो–‘उनै स्वंयमसेविकालाई उचित सुविधा छैन ।’ महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन् । स्वास्थ्य स्वयंसेविकाको कामको नगरपालिकाले उच्च मुल्याङ्कन गरेको बताउँदै नगर उपप्रमुख आचार्यले काम गर्नमा हौसला होस् भनेर कोषबाट सानो रकम भएपनि छुट्याएको बताउनुभयो । यसअघि महिला स्वास्थ्यस्वंयसेविकाले रिपोटिङको दिन सामान्य गाडी खर्च र दिर्घरोगीलाई औषधी दिन जाँदा सहित केही फोन खर्च पाएका थिए । देशका केही स्थानीय तहले भने कार्यबिधि बनाई मासिक तथा वार्षिक नगद रकम तथा अन्य सहयोग गर्दै आएका छन् । राज्य तहबाट दीगो सहयोग तथा प्रोत्साहत भक्ता भने अझै नभएको स्वंयमसेविका चलकुमारी थापाले बताउनुभयो । फोन र क्षयरोगीलाई औषधी दिन तथा नियमित भेट्न जादा पाइने रकम पनि अहिले नियमित नहुँदा कतिपय समयमा मर्का नै पर्ने गरेको अर्की स्ंवयम्सेविका राधा खनालले बताउनुभयो । सहभागीले मंहगी भत्ता बढ्दै गएको अबस्थामा सामन्य यातायात खर्च र फोन खर्च नगरपालिकाले उपलब्ध गराए निकै सहज हुने बताएका थिए । तत्कालै उपप्रमुख आचार्यले हाललाई १ लाख बिनियोजन गरी महिला स्वास्थ्य स्वंयमसेविकाको मनोबल बढाई प्रोत्साहन प्रदान गर्न उपप्रमुखले परिचालन गर्ने कोषबाट रकम दिनुभएको हो । कोषमा यस बर्ष २५ लाख रुपैयाँ छ । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदानको कदर गर्दै सेवा बढाउने पक्षमा आफुहरु लागेको उपप्रमुख आचार्यको भनाई छ । महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन् । हाल रामपुर नगरपालिकाका १० वटा वडामा ४५ जना महिला स्वास्थ्य स्वयंसेविका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update