X
75
Shares

संसारको सबैभन्दा महँगो ८३ करोडको ब्याग !

रानीमहल संवाददाता || २१ मंसिर २०७७,आईतवार ११:४८

एउटा ब्यागको मूल्य कति पर्छ ? इटलीको एउटा लग्जरी ब्रान्डले तयार गरेको ब्यागको मूल्य सुन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ । लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) हो । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । ब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो ।

चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण गरिएको बताइएको छ । बोरिनी मिलनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरुकता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनावरणमाथि गर्व भएको बताएको छ ।

गोहीको छालाबाट बनेको उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि बताइएको छ ।

इन्स्टाग्राम पोस्टमा एक भिडियोको माध्यमले यो ब्यागको सुन्दरताबारे देखाइएको छ । हल्का निलो देखिने यो ब्यागमा सुनको पुतली पनि राखिएको छ जुन हेर्दा निकै सुन्दर देखिन्छ । स्मरण रहोस् इटालियन ब्रान्ड बोरिनी मिलनेसी ब्याग बनाउने ब्रान्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys