Erani Mahal
पाल्पामा थप २९ जनामा कोरोना संक्रमण, ३३ जना संक्रमणमुक्त
corana-virus
पाल्पा – पाल्पामा थप २९ जना कोरोना भाइरसका संक्रमित पहिचान भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो दुई दिन (बिहीबार र शुक्रबार) मा ८१ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमध्ये १९ जना पुरुष र १० महिला रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । संक्रमित हुनेमा तानसेन नगरपालिका तथा अस्पतालका १३ जना, रामपुर नगरपालिका तथा अस्पतालका २ जना, पूर्वखोला गाउँपालिकाका ५ जना, तिनाउ गाउँपालिकाका ३ जना, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका २/२ जना र माथागढी र रिब्दिकोट गाउँपालिकाका १/१ जना छन् । योसंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १ हजार ६२५ पुगेको छ । त्यस्तै पछिल्लो दुई दिनमा ३३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसंगै पाल्पामा संक्रमणमुक्त हुनेको कुल संख्या १ हजार ४०४ पुगेको छ । पाल्पामा हालसम्म २३ जना संक्रमितको मृत्यु भएको छ भने हाल सक्रिय संक्रमितको संख्या १ सय ९८ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update