Erani Mahal
दमकडा मा.वि.मा दृष्टिविहीन विद्यार्थीसंग अन्तरक्रिया
Blind_Damkada 2
पाल्पा – अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा दमकडा माध्यमिक विद्यालय तानसेन –९ पाल्पाले अन्तरक्रिया कार्यक्रम गरेको छ । विद्यालयको दृष्टिविहीन छात्राबासमा आयोजित कार्यक्रमका सहभागीहरुले कोरोना महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चित हुनुपर्ने विचार व्यक्त गरेका छन् । कार्यक्रममा दृष्टिविहिन शिक्षक कृष्णप्रसाद पराजुलीले अपाङ्गता भएका व्यक्तिमा फरक क्षमता हुने र त्यो क्षमताको समाजले उपयोग गर्ने गर्दै आएको बताउनुभयो । उहाँले दमकडा माध्यमिक विद्यालय र यहाँको समाजले दृष्टिविहीन भएका बालबालिकालाई सम्मानजनक व्यवहार प्रदर्शन गरी दक्ष र योग्य नागरिक तयार गरिदिएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा दृष्टिविहीन विद्यार्थी सन्दीप थापाले साङगलाई भन्दा बढी स्नेह, प्रेम र सद्भाव दिएर दमकडा माध्यमिक विद्यालयले अपाङगलाई शिक्षा प्रदान गरेको बताउनुभयो । उहाँले भावविह्ल हुँदै भन्नुभयो, –‘दमकडा माध्यमिक विद्यालय नभएको भए पढ्न पाइन्थ्यो÷पाइँदैनथ्यो, बाँच्ने आशा जाग्थ्यो /जाग्दैनथ्यो ।’ दमकडाले २०५२ सालदेखि दृष्टिविहीन विद्यार्थीलाई पनि पठनपाठन गर्दै आएको छ । विद्यालय छोड्न लागेका विद्यार्थीहरुले दृष्टिविहीन बालबालिकालाई दमकडामा पढाउने प्रतिवद्धता गरेका थिए । विद्यालयले यस वर्ष दशजोड दुई परीक्षा दिएका ८ जना दृष्टिविहीन विद्यार्थीलाई पाल्पाली करुवा प्रदान गरी थप शैक्षिक प्रगतिका निम्ति हौसला प्रदान गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले दृष्टिविहीनका लागि व्यवस्थित पुस्तकालय, सुविधासम्पन्न छात्राबास, दृष्टिविहीनमैत्री कम्यूटर ल्याव लगायतका सुविधाहरु थप्न लागेको जानकारी दिँदै समाजमा रहेका दृष्टिविहीन बालबालिकालाई विद्यालयको पहुँचसम्म ल्याइदिन आग्रह गर्नुभयो । उहाँले दृष्टिविहीनलाई पढ्न मात्र नभएर खान, बस्न र मनोरञ्जन गर्न निशुल्क गरिएको बताउनुभयो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक माधवप्रसाद पाठक, उद्यमी सोमनाथ पाठक, बासुदेव खनाल, सहायक प्रधानाध्यापक होत्रीराज ढुंगाना, शिक्षक रामप्रसाद भट्टराई, धनपति गैरे लगायतले विद्यार्थीलाई शुभकामना दिनुभयो । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा संसारभर अपांगता दिवस मनाउन थालिएको हो । यस वर्षको अपाङ्गता दिवसको नारा ‘कोभिड १९ पश्चात् उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्ग भएका व्यक्तिहरुको पहुँच र दिगो विकास लागि हामी सबैको प्रतिबद्धता’ रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update