Erani Mahal
रामपुरमा एक जना पुरूषकाे छतबाट खसेर मृत्यु
dead_Body
पाल्पा – जिल्लाको रामपुरमा एक जना पुरुषको छतबाट खसेर मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार पिसाब फेर्न निस्कने क्रममा कच्चीघरको एक तले छतबाट भुईमा खसेर गम्भीर घाइते हुनुभएका हमाललाई उपचारका लागि रामपुर अस्पताल ल्याएपछि अस्पतालले मृत घोषणा गरेको हो । थप अनुसन्धान कार्य भइरहेकाे प्रदेश प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update