Erani Mahal
पाल्पामा सालनालसहितको शिशु मृत अवस्थामा फेला
Shishu_
पाल्पा - पाल्पाको बगनासकालीमा सालनालसहितको एक शिशु मृत अवस्थामा फेला परेको छ । बगनासकाली गाउँपालिका वडा –१ खोरबारीस्थित स्वास्थ्य चौकी नजिक खोल्सामा सालनालसहितको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार बिहान ८ बजेको समयमा खोल्सामा शिशु भेटिएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update