Erani Mahal
काँग्रेस नेता पौडेल पक्राउको विरोधमा पाल्पामा कोण सभा
s
पाल्पा- पाल्पामा बुधवार तनहुँमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विरोधमा कोण सभा भएको छ । तरुण दल पाल्पाको आयोजनामा आन्दोलन चोकमा कोण सभाको आयोजना भएको जिल्ला अध्यक्ष मेजर सिंह केसीले बताउनुभयो । तस्वीर सामाजिक संजाल उहाँले प्रहरी प्रशासनले वरिष्ठ नेता पौडेललाई पक्राउ गरेर गल्ती गरेको बताउनुभयो । त्यसको लागि केन्द्रीय कार्यक्रम अनुसार विरोध स्वरुप कोण सभा गरिएको बताउनुभयो । सभामा तरुण दलका नेता, काँग्रेसका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update