Erani Mahal
पाल्पाबाट फर्कियो चलचित्र ‘परदेशी २’ टिम
Palpali_madanpokhara_dhaka
पाल्पा – एक साताको छायाँकनपछि चलचित्र ‘परदेशी –२’ यूनिट पाल्पाबाट फर्किएको छ । मंसिर ११ गते बिहीवारदेखि १७ गते बुधबारसम्म पाल्पाको माथागढी गाउँपालिकाको विभिन्न स्थानमा छायाँकन गरेर चलचित्र यूनिट फर्किएको हो । एक साताको छायाँकन सेड्यूल लिएर पाल्पा आएको टिम निर्धारित सेड्युलअनुसार नै छायाँकन गरेर फर्किएको हो । पाल्पाको छायाँकनपछि चलचित्र यूनिट बिहीबार चितवन पुगेको छ । चितवनमा केही दिन छायाँकन गरिने जनकपुर जाने निर्माणपक्षको योजना रहेको स्रोतले जनाएको छ । यो चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको पाल्पाको माथागढी गाउँपालिका झडेवा देवगीर, कसेनी, सराई लगायतका स्थानमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै छायाँकन गरिएको छ । चलचित्र छायाँकनका लागि निर्देशक नारायण रायमाझी, अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत पाल्पामा आउनुभएको थियो । पाल्पामा छायाँकनका क्रममा स्थानीयबाट राम्रो साथ सहयोग पाएको निर्देशक रायमाझीले बताउनुभयो । निर्देशक रायमाझी, अभिनेता प्रशान्त, प्रकाश, अभिनेत्री केही लगायतले बुधबार तानसेन बजार पनि घुमघाम गर्नुभएको थियो । कलाकारहरु तानसेन बजार घुम्नुका साथै पाल्पाली ढाकाका कपडा किन्नुभएको पाल्पाली कलाकार किरण चित्रकारले बताउनुभयो । [caption id="attachment_15390" align="alignnone" width="768"] कलाकारहरु तानसेन सिल्खानटोलस्थित पाल्पाली मदनपोखरा ढाका पसलमा । -तस्वीर : कमल भण्डारीको फेसबुकबाट[/caption] वरिष्ठ लोकगायक समेत रहनुभएका रायमाझीको जन्मगाउँ पाल्पाको झडेवा हो । उहाँले यसअघिका आफ्ना चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’को पनि पाल्पामा छायाँकन गर्नुभएको थियो । ति चलचित्र सुपरहित भएका थिए । रमेश विजीले लेख्नुभएको ‘परदेशी –२’लाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गर्नुभएको हो । चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहेको छ । कोरोना महामारीका कारण यो चलचित्रको छायाँकन ८ महिनादेखि रोकिएको थियो । गायन क्षेत्रमा ख्याति कमाउनुभएका प्रकाश यसै चलचित्रमार्फत अभिनेताका रुपमा देखा पर्दै हुनुहुन्छ । सुपरहिट चलचित्रध ‘परदेशी’ को सिक्वेल र नाम चलेका कलाकारको अभिनय रहेका कारण ‘परदेशी २’ लाई दर्शकहरुले व्यग्र प्रतिक्षा गरिरहेका छन् । चलचित्रमा विभिन्न कारणले विदेशिने नेपालीहरुको कथालाई समेटिएको बताईएको छ । यो पनि : ‘परदेशी –२’को सुटिङ यूनिट पाल्पामा
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update