Erani Mahal
तानसेनका १६ सहित पाल्पामा थप ३८ जनामा कोरोना पुष्टि
8-16
पाल्पा – पाल्पामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये २० जना पुरुष र १८ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो तिन दिन (सोमबार, मंगलबार र बुधबार)मा ३८ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये १६ जना तानसेन नगरपालिका तथा अस्पतालका रहेका छन् । त्यस्तै, रामपुर नगरपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ७ जना, पूर्वखोला गाउँपालिकाका ६ जना, रिब्दिकोट गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना र तिनाउ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । यो पनि पढनुहोस् पाल्पाको लुम्बिनी मेडिकल कलेजमा दुईजना संक्रमितको मृत्यु योसंगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ५९६ पुगेको छ । संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ भने १ हजार ३७१ जना निको भएका छन् । पाल्पामा पछिल्लो समय समुदायमा कोरोना संक्रमण फैलिँदो छ । हाल पाल्पामा २ सय २ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update