Erani Mahal
ऐतिहासिक प्रभास ताल पुरिदैँ, संरक्षण गर्ने निकाय माैन !
128606412_207909487526903_9138013282316976059_n
पाल्पा – ऐतिहासिक प्रभास ताल हरेक वर्ष पुरिदैँ गएको छ । वरपरका मानिसको गतिबिधिले ऐतिहासिक प्रभास ताल पुरिदैँ गएको हो । केही वर्षअघिसम्म सफा र सुन्दर देखिने प्रभास ताल क्षेत्रको पानी समेत यतिबेला कालो र धमिलो बनेको छ । पछिल्लो समय यस क्षेत्रमा संरक्षणको नाममा समेत ताल पुर्ने काम भएको गुनासो बढेको छ । स्थानीय केही संघसंस्थाबाट प्रभास ताल संरक्षण गर्ने नाममा राज्यकै स्रोतबाट ताल वरपरबाट माटो राखेर अप्रत्यक्ष रुपमा ताल पुर्ने काम भएको छ । अहिले सिद्धार्थ राजमार्गकाे कटान गरेको माटो समेत प्रभास ताल र वरपर खन्याउने काम भईरहेको छ । यसले हरेक वर्ष ताल पुर्ने काम मात्र भएकाे छ । प्रभास तालमा दिनहुँ अतिक्रमण भएपनि यसको संरक्षण गर्ने निकाय भने मौन बसेको छ । जिल्ला समन्वय समिति पाल्पा, तानसेन नगरपालिका समेत ताल पुरिँदा चुपचाप बसेको छ । केही वर्ष अघि तानसेन नगरपालिकाले प्रभास ताल र ताल क्षेत्रकाे जग्गा व्यक्तिले पुरेकाे भन्दै ताल पुर्ने व्यक्तिले नै माटाे निकाल्नुपर्ने निर्णय गरेकाे थियाे । तर उक्त निर्णय हालसम्म कार्यान्वयनमा आएकाे छैन । प्रभास क्षेत्र सिमसार क्षेत्र भएकाले व्यक्तिका जग्गा समेत पुर्न नपाइने कानुनी व्यवस्था छ । तर यस क्षेत्रमा व्यक्तिका जग्गा समेत पुरिदैँ गएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update