Erani Mahal
निस्दीमा जिप दुर्घटना : दुई जना घाइते
jeepaccidenttt
पाल्पा - निस्दी गाउँपालिका-२, सहलकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । निस्दीकाे भिरुवासबाट रामपुर बेझाँडतर्फ आउँदै गरेको लु १ च ४५४१ नम्बरको मालबाहक जिप निस्दी-२, भाङ्गबारीमा दुर्घटना हुँदा चालक सहित २ जना घाईते भएका हुन् । जिप बुधबार बिहान १० बजेतिर दुर्घटनामा परेकाे हाे । [caption id="attachment_15361" align="alignnone" width="768"] प्रतिनिधि तस्विर । [/caption] घाईते हुनेहरुमा चालक पूर्वखोला-५, का ३४ वर्षाीय विक्रम गैरे र पूर्वखोला-५, कै ३९ वर्षीय दानबहादुर गैरे रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ । खुद्रा सामान विक्री गरेर फर्कने क्रममा ब्रेक फेल भएर जिप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update