Erani Mahal
रिडी–रुद्रवेणी–हर्मिचौर सडक कालोपत्रे गर्न शुरु
ridi_rudrabeni!
गुल्मी– कालिगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे गर्न शुरु गरिएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका १ को रिडीमा सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्नुभएको छ । उहाँले शिलान्यास गरेसँगै सडक कालोपत्रेको काम शुरु भएको हो । कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री ज्ञवालीले कालिगण्डकी करिडोर कुनै जिल्ला विशेषको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताउनुभयो । उहाँले भारत र चिन जोडने करिडोरले बिचमा पर्ने जिल्लाका नागरिको आर्थिक तथा सामाजिक जीवनमा ठूलो प्रभाव पार्ने बताउनुभयो । कालीगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेविबिच ०७७ भदौ १६ गते सडक कालोपत्रेको सम्झौता भएको आयोजना प्रमुख सुवोध कुमार देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँ २२ को लागतमा ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न हुनेछ । सम्झौता अनुसार सडक ११ मिटर चौडाई, आठ मिटरको डवल लेन, एक मिटर चौडाईको नाली, दुई मिटर भाग सोल्दर हुनेछ । कालिगण्डकी करिडोर सडक योजना मार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङजा, पर्वत र वाग्लुङ गरेर ६ वटा जिल्लामा सडक निर्माणको काम भइरहेको छ । कालिगण्डकी गाउँपालिका प्रमुख बेदबहादुर थापाले रिडी आउन दुई दिन लाग्ने पुर्तिघाट र हर्मिचौरका नागरिक अहिले एक घण्टामा आउन थालेको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update