Erani Mahal
कसेनीमा ‘मोहने सिँचाई आयोजना’को शिलान्यास
sinchai_1
पाल्पा – जिल्लाको माथागढी –३ कसेनीमा ‘मोहने सिँचाई आयोजना’को शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले सिँचाई आयोजनाको शिलान्यास गर्नुभएको हो । मोहने फाँटमा २७ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुग्याउने लक्ष्य आयोजनाबाट लिईएको छ । सो आयोजनाबाट माथागढी –२ रुप्से र ३ कसेनी तल्लोथर, दमार, भस्कट्टा, सिकारकोट, ओलेस लगायतका किसानहरु प्रत्येक्ष लाभान्वित हुने बताईएको छ । सिँचाई सुविधा पुर्याउन १२४५ मिटर लामो नहर बन्नेछ । प्रदेश सभा सदस्य आचार्यको पहलमा प्रदेश सरकारको लागतमा सिँचाई आयोजना निर्माण हुन लागेको हो । आयोजनाका लागि ५० लाखमा ठेक्का सम्झौता भएको छ । आयोजनाको कूल लागत भने ८० लाख २० हजार रहेको छ । यही वर्षको चैत्र मसान्तसम्म सम्पन्न गर्नेगरी सिँचाई आयोजनाको काम सुरु भएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख शंकर थापाले बताउनुभयो । सिंचाईको सुविधा भएपछि चैते बाली, बर्खे बाली र हिउँदे बाली लगाउन सकिने र किसानहरुको आयआर्जनको स्रोतमा समेत बृद्धि हुने उहाँले बताउनुभयो । शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख शंकर थापा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, तेज घर्ती मगर, वडा सदस्य खड्गबहादुर ठाडा, उपभोक्ता समितिका अध्यक्ष दिल बहादुर सूर्यंवंशी लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update