Erani Mahal
सोमबार पाल्पामा १५ संक्रमित निको भए, ३ जना थपिए
Corona___
पाल्पा – पाल्पामा सोमबार १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहका १५ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, सोमबार थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा हालसम्म १ हजार ५६१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २२ जनाको निधन भएको छ भने १ हजार ३१९ जना निको भएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update