Erani Mahal
पाल्पाका तीन स्थानीय तहमा अस्पतालको शिलान्यास गरियो
Nisdi__
पाल्पा – ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्याउने उद्धेश्यले संघीय सरकारको कार्यक्रमअन्तर्गत आज (सोमबार) पाल्पाका तीन स्थानीय तहमा १५ शय्याको अस्पतालको शिलान्यास गरिएको छ । सोमबार माथागढी, निस्दी र पूर्वखोला गाउँपालिकामा एक कार्यक्रमकाबीच अस्पतालको शिलान्यास गरिएको हो । माथागढी गाउँपालिकाको झडेवामा लुम्बिनी प्रदेश सभा सदस्य नारायण आचार्यले अस्पतालको शिलान्यास गर्नुभयो । [caption id="attachment_15299" align="alignnone" width="768"] निस्दी गाउँपालिकामा निर्माण हुन लागेको अस्पतालको शिलान्यास गर्नुहुँदै लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल ।[/caption] निस्दीको मित्यालमा बन्न लागेको अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले शिलान्यास गर्नुभयो । त्यस्तै, पूर्वखोलाको वीरकोटमा बन्न लागेको अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले नै शिलान्यास गर्नुभयो । १८ करोड रुपैयाँ लागत अनुमान गरिएको अस्पतालको भवन २ वर्षमा सम्पन्न हुने सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update