Erani Mahal
पाल्पामा तीन स्थानीय तहमा अस्पतालको शिलान्यास गरिँदै
Hospital
पाल्पा – पाल्पाका आज (सोमबार) तीन अस्पतालको शिलान्यास गरिँदै छ । नेपाल सरकारले देशभरिका ३९६ स्थानीय तहमा अस्पतालको एकैसाथ शिलान्यासको तयारी गरेसँगै पाल्पामा पनि आज तीन स्थानीय तहमा अस्पताल शिलान्यास हुन लागेका हुन् । जिल्लाको माथागढी गाउँपालिकाको झडेवा स्वास्थ्य चौकी, पूर्वखोलाको वीरकोट स्वास्थ्य चौकी र निस्दीको मित्याल स्वास्थ्य चौकीमा १५/१५ शैयाको अस्पताल बन्न लागेको हो । माथागढीमा बन्न लागेको अस्पताल भवनको लुम्बिनी प्रदेश सांसद् नारायण प्रसाद आचार्यले शिलान्यास गर्नुभएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । निस्दीमा बन्न लागेको अस्पताल भवनको लुम्बिनी प्रदेश सांसद् युवराज खनालले शिलान्यास गर्नुहुने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । त्यस्तै, पूर्वखोलामा बन्न लागेको अस्पताल भवनको लुम्बिनी प्रदेश सांसद् नारायण प्रसाद आचार्यनै शिलान्यास गर्ने कार्यक्रम रहेको गाउँपालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update