Erani Mahal
गुल्मीको इस्मा गाउँपालिकामा आज सार्वजनिक विदा
Ishma-gaupalika-gulmi
गुल्मी - गुल्मीको इस्मा गाउँपालिकाले आज (आईतबार) सार्वजनिक बिदा दिएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा भएको जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको शोकमा आज सार्वजनिक बिदा दिइएको हो । गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत नारायण महतले बताउनुभयो । कक्षा १२ को परीक्षा भने यथावत रुपमा सञ्चालन गर्न भनिएको छ । इस्मा गाउँपालिकाबाट जिल्ला सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हँुदा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी, मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा र १९ वर्षका फर्सुराम थापाको मृत्यु भएको थियो । दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते हुनुभएको छ । चालक बुद्ध बस्नेत सकुशल हुनुहुन्छ । गाउँपालिकाले दुर्घटनामा घाइतेहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update