Erani Mahal
रैनादेवी छहरामा गोठ भत्किँदा चार लाखको क्षति
goth_vatkida
पाल्पा – पाल्पाको रैनादेवी छहरामा गोठ भत्किँदा चार लाख रुपैयाँ बढीको क्षति भएको छ । रैनादेवी छहरा गाउँपालिका –३ डाँडागाउँ रीठारुख निवासी कृष्ण प्रसाद अधिकारीको एक तले कच्ची गोठ शनिबार साँझ अचानक भत्किएको हो । [caption id="attachment_15279" align="alignnone" width="768"] तस्वीर सौजन्य : गोपाल थापा[/caption] गोठ भत्किँदा १ वटा लैनो भैँसी च्यापिएर मरेको अधिकारीले बताउनुभयो । गोठमा रहेका ५ वटा बाख्रा र १ वटा पाडी भने जिवितै उद्धार गरिएको छ । यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update