Erani Mahal
फूलमती र संघर्ष
K
सबको आफ्नै चाहाना हुन्छ भित्री मन हुन्छ सुन्दर कल्पना हुन्छ पृथक दृष्टिकोण हुन्छ छुट्टै रोमान्स हुन्छ जिउने बेग्लै आधार हुन्छ अलग्गै बिश्वास हुन्छ नाता सम्बन्ध हुन्छ कलकलाउदी युवती पहाडको दर्सन ढुङ्गामा आड लगाएर क्षितिजमा नियाल्दा नियाल्दै आफैलाई भुल्छिन असल मनसायले देख्नेहरू सायद प्रकृति र उनलाई एउटै दर्जामा राख्दा हुन् समीप नभएर नै प्रकृति र उनको रसस्वादन गर्दा हुन् इज्जत दिदा हुन् शृष्टिको उनले नदेख्ने गरी उनको प्रतिलिपी लिदा हुन् उनको चाहलाई सम्मान गर्दा हुन् घरमा भएकी छोरीको यादले मान्छेका भावनाहरू बुझ्दा हुन् गीत,कथा,कविता लेख्दा हुन् घमाइलो वातावरणमा रमाइरहेकी उनी सुन्दर कल्पनामा डुबुल्की मार्दै गर्दा अगाडि मनको राजेश आउदो हो एकान्त सुनसान ईलाकामा प्रेमपुर्बक गफ गर्दो हो यताउता घुमाउदो हो कतै देखिने कालो बादल पनि फाटेर जादो हो उनी चुलबुल चुलबुल खुशीले गदगद हुदि हुन् उनको आफ्नै संसार बन्दो हो प्रेमरुपी गजबको संसार फूलमती अत्तलिएर हारगुहार मागेको समय उनका सारा सपना भताभुङ्ग पारिदै गरेको समय उनको इज्जतलाई धुलोमा मिसाउन खोजेको समय उनको चिच्चाहट पहाडमा गुन्जने प्रति ध्वनि मात्र बनेको समय स्टार होटेलमा पत्रकार सम्मेलन चलेपछि हिंसा बिरोधी अभियानमा रमरम बढेपछि फूलमतीलाई गुहार कसले दिने? गाउकी सिधा फूलमतीलाई के थाहा? नर पशुहरू दिनदहाडै पिचास बन्छन् भनेर चिनेकै गति छाडाबाट लुटिन्छ भनेर फूलमतीहरू मुठी कस्नुपर्छ अरूलाई पर्दा आफैलाई परे झैं मान्नुपर्छ सुरक्षाका उपायहरू जान्नुपर्छ जिन्दगीको हरेक पलमा संघर्ष छ भन्ने ठान्नुपर्छ बिबेक शुन्य भएकाहरूको डटेर मुकाविला गर्न लाग्नुपर्छ । लेखक : तानसेनकाे देववाणी माविकाे प्रअ तथा इरानीमहल डटकममा नियमित साहित्य लेखन गर्नुहुन्छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update