Erani Mahal
आजदेखि तानसेन–बुटवल सडक दैनिक चार घण्टा बन्द
palpa_butwal
पाल्पा – सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक आजदेखि पाँच दिनका लागि दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डको कालोपत्रे गर्ने कार्यका लागि दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ । राजमार्गमा मंसिर १८ गते बिहीवारसम्म दैनिक विभिन्न समयमा गरी ४ घण्टा सवारी आवागमन बन्द हुनेछ । डिभिजन प्रमुख मुकुन्द राज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द रहनेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update